८ वैशाख २०८१ शनिबार
खेल

भरतपुर जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा

सिमरामा बिहिबारबाट शुरु भएको १३ औँ जगदम्बा जीतपुर सिमरा गोल्डकप प्रतियोगितामा आयोजक नव–जनजागृती यूवा क्लबलाई पराजित गर्दै भरतपुर फुटबल क्लबले क्वाटर फाइनलमा प्रवेश गरेको छ।

नव–जनजागृती यूवा क्लबलाई ३–१ को अन्तरले पराजित गर्दै भरतपुरले प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो।

भरतपुरले खेलको ७ औँ मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनाउन सफल भएको थियो। आकाश थापा मगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मलेले टिमलाई अग्रता दिलाएका थिए। सुरुवाती दबाब झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनायो।

भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए।

त्यसको केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टी अवसर पायो। भरतपुरका सुनील श्रेष्ठलाई आयोजक टिमका फोफानाले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरमा भरतपुरले पूनः अग्रता बनायो। सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो।

खेलको अन्तिम समय सम्म आयोजकविरुद्ध हाबी भएको भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता ग¥यो। दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए। 

आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे। उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे।

शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीबिच खेल हुने छ।  

प्रकाशित: १० चैत्र २०७९ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App