coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आजदेखि विराट गोल्ड कप प्रतियोगिता सुरू

विराट गोल्ड कप आयोजनाका लागि तयार पारिएको विराटनगर स्थित सहिद रंगशाला। तस्बिर: नागरिक

विराटनगरस्थित शहीद रंगशालामा आज देखि विराट गोल्ड कप प्रतियोगिता सुरू हुँदैछ। आज साँझ हुने ‘विराट गोल्ड कप’ प्रतियोगिताको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटबल क्लब र नेपाल प्रहरीबिच हुनेछ।

प्रतियोगिताको दोस्रो खेल चैत १० गते नेपाल आर्मी र खेलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ। यस्तै तेस्रो खेल चैत ११ गते सशस्त्र प्रहरी र भुटानको ड्रुक लयुल फुटबल क्लबबिच हुनेछ। यस्तै चैत १२ गते संकटा क्लब (एस.बी.एस.सी) र भारतको लुका सकर क्लबबिच हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत १३ र १४ गते हुनेछ भने फाइनल खेल १६ गते हुनेछ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशीमा ५ लाख वृद्धि गरेर २० लाख १५ हजार पुर्‍याएको हो। उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए। 

आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ।सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकट दर तोकेको छ। 

प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने आयोजक विराट गोल्ड कप ट्रष्टले जनाएको छ।

प्रकाशित: ९ चैत्र २०७९ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App