६ वैशाख २०८१ बिहीबार
खेल

एएफसी यू–२० महिला कप छनोट: समूह ‘बी’ मा नेपाल

एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ।

एएफसीले बिहीबार सार्वजनिक गरेको दोस्रो चरणको छनोट ‘ड्र’ अनुसार नेपाल समूह ‘बी’ मा चीन, म्यानमार र चाइनिज ताइपेईसँगै परेको हो। 

छनोटको दोस्रो चरण आउँदो जुन ३ देखि ११ तारिखसम्म हुनेछ। समूह ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन्। भने नेपाल रहेको समूह ‘बि’ मा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन्।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो। समूह ‘बी’मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।  यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: ९ चैत्र २०७९ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App