coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लाओसविरुद्ध नेपाल २-० ले अगाडि

काठमाडौँको दशरथरंगशालामा भइरहेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र लाओसबीच खेल भईरहेको छ। खेलकाे ५५ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठले दोस्रो गोल गरेका हुन्।

यस खेल सुरु भएको २९ औ मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको हो। यो समेत अनन्तको तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

यस अघि लाओस र नेपालबीच अहिलेसम्म दुई पटक खेल भएको छ। एकमा नेपालले जित हासिल गर्दा एक खेल बराबरीमा सकिएको थियो। नेपाली टोलीले नयाँ प्रशिक्षक इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेको प्रशिक्षणमा पहिलो पटक खेल्न लागेको हो।एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। 

आजको खेलमा प्रशिक्षकले पहिलाे हापमा फरवार्डको भूमिकामा  भरत खवासलाई मैदानमा उतारेका थिए। दोस्रो हाफमा भरतलाई हटाएर मनिष डाँगीलाई फरवार्डको भूमिका दिएका छन्। त्यसैगरी भरतकै क्लब आर्मीका नवयुग श्रेष्ठ पनि अग्रपंक्तीमा खेलिरहेका छन्। चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन्। आयुष घलान पनि अग्रपंक्तिमा रहनेछन्।

मिड फिल्डमा एरिक विष्ट, नवीन लामा र पुजन उपरकोटी रहेका छन्। त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन्। सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन्। थ्री नेसन्स कप मा अर्को टोली भुटान रहेको छ। तीन देश विच एक आपसमा एक एक खेल खेलेपछि शीर्ष दुई टोली फाईनलमा प्रवेश गर्नेछन। चैत ११ गते लाओस र भुटानबिच खेल हुनेछ।त्यसैगरी चैत १४ मंगलबार नेपाल र भुटानबिच खेल हुनेछ।फाइनल खेल चैत १७ गते शक्रबार साँझ ५ बजे दशरथरंगशालामा खेल हुनेछ।  

प्रकाशित: ८ चैत्र २०७९ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App