coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल र लाओसबीच फुटबल खेल जारी, नेपाल एक गाेलले अगाडि

काठमाडौको दशरथरंगशालामा साँझ ६ बजे देखि थ्री नेसन्स कप फुटबलमा नेपाल र लाओसबीच खेल भईरहेको छ।

यो समाचार तयार पार्दा सम्म नेपाल एक गोलले अगाडि रहेको छ। अहिले खेल सुरुभएको ३५ मिनेट सकिसकेको छ। नेपालले २९ औ मिनेटमा अनन्त तामाङको गोलमा अग्रता लिएको हो।

लाओस र नेपालबीच अहिलेसम्म दुई पटक खेल भएको छ। एकमा नेपालले जित हासिल गर्दा एक खेल बराबरीमा सकिएको थियो। नेपाली टोलीले नयाँ प्रशिक्षक  इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेको प्रशिक्षणमा पहिलो पटक खेल्न लागेको हो। एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो। 

आजको खेलमा प्रशिक्षकले फरवार्डको भूमिकामा भरत खवासलाई मैदानमा उतारेका छन।त्यसैगरी भरतकै क्लब आर्मीका नवयुग श्रेष्ठ पनि अग्रपंक्तीमा खेलिरहेका छन। चोटका कारण अन्जन विष्ट भने बेन्चमा रहेका छन्। आयुष घलान पनि अग्रपंक्तिमा रहनेछन् ।मिडफिल्डमा एरिक विष्ट, नविन लामा र पुजन उपरकोटी रहेका छन्। त्यस्तै डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हालेछन्। सनिश श्रेष्ठ राइट ब्याक तथा विकास खवास लेफ्ट ब्याक छन्।

थ्री नेसन्स कप मा अर्को टोली भुटान रहेको छ। तीन देश विच एक आपसमा एक एक खेल खेलेपछि शिर्ष दुई टोली फाईनलमा प्रवेश गर्नेछन। चैत ११ गते लाओस र भुटानबीच खेल हुनेछ। त्यसैगरी चैत १४ मंगलबार नेपाल र भुटानबीच खेल हुनेछ। फाईनल खेल चैत १७ गते शक्रबार साँझ ५: ३० बजे दशरथरंगशालामा खेल हुनेछ।  

प्रकाशित: ८ चैत्र २०७९ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App