२४ जेष्ठ २०८० बुधबार
खेल

एकदिवसीय बलिङ वरियतामा सन्दीप ८ भारतीय भन्दा अगाडी

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय बलिङको वरियतामा भारतका ८ जना चर्चित खेलाडीलाई पछि पारेका छन।

सन्दीप लामिछानेले भारतीय खेलाडीहरु कुलदिप यादव, जस्प्रित बुमराह , मोहमद सामी ,सार्दुल ठाकुर, युभेन्द्र चाहल, भुवनेश्वर यादव ,रविन्द्र जडेजा र प्रसिद कृष्णलाई पछि पारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सर्वाजानिक गरेको नयाँ वरियता अनुसार सन्दीप २२औं स्थानमा रहँदा भारतका कुलदिप यादव २४ औं स्थानमा छन।त्यसैगरी जस्प्रित बुमराह  २६औं मोहमद  शामी २८औं ,सार्दुल ठाकुर ४० औ , युभेन्द्र चाहल ४२ औ, भुवनेश्वर यादव ६२ औ ,रविन्द्र जडेजा ८२ तथा  प्रसिद कृष्णलाई  ९१ औ स्थानमा रहेका छन । भारतका  मोहमद सिराज भने तेश्रो स्थानमा रहेका छन।वरियताको १०० औ स्थानमा भारतका ९जना खेलाडी पर्दा नेपालका चार जना खेलाडीले १०० वरियतामा स्थान बनाउन सफल भएका छन।  

एकदिवसीयको बलिङ तर्फ  नेपालका दीपेन्द्रसिंह ऐरी ५६औं स्थानमा रहँदा सोमपाल कामी  ६७औं स्थानमा छन् ।करण केसीले ९६औं स्थानमा नाम लेखाउन सफल भएका छन। 

एकदिवसीय वरियताको ब्याटिङ तर्फ  नेपालका कप्तान रोहित पौडेल ५७औं स्थानमा र आसिफ शेख ६७औं स्थानमा रहेका छन् ।

नेपालमा हालै सम्पनन आईसीसी विश्वप लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिम एकदिवसीय वरियतामा १५औं स्थानमा उक्लिएको छ।

प्रकाशित: ८ चैत्र २०७९ १७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App