१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

फाइल तस्विर

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।

भारत भ्रमणमा रहेको अस्ट्रेलियाले भोलि दिवा रात्री खेलमा श्रृखलाको अन्तिम तथा तेश्रो खेल खेल्नेछ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।

यस अघि भएका दुई खेलमा दुवै टोलीले एक एक खेल जितेर बराबरीमा रहेको छ । भारतले पहिलो खेलमा भ्रमणकारी टोलीलाई ५ विकेटले हराएको थियो।त्यसैरी दोश्रो खेलमा अस्ट्रेलियाले घरेलु टोलीलाई १० विकेटबाट हराएको थियो । अन्तिम खेल आफ्नो पक्षमा पारेर श्रृखला जित्ने पक्षमा दुवै टोली उत्रनेछन। 

यस अघि भएको चार टेष्टको श्रृखला भारतले २-१ ले जितेको थियो । पहिलो र दोश्रो टेष्ट भारतले जित्यो भने तेश्रो टेष्ट अस्ट्रेलियाले जित्यो । चौथो टेष्ट बराबरीमा सकिएको थियो।

प्रकाशित: ७ चैत्र २०७९ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App