४ वैशाख २०८१ मंगलबार
खेल

सहिद स्मारक 'ए' डिभिजन लिग: मनाङको तेस्रो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले तेस्रो जित निकालेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो जित निकालेको हो।  

मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक एक गोल गरे। एपीएफका अर्मान्ड बिडोमले एक गोल गरे।

एपीएफका अर्मान्ड बिडोमले ३३ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए। नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरे। तर, खेलको ५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए।

अपराजित मनाङले ५ खेलमा ११ अंक जोडि सकेको छ। एपीएफले ५ खेलमा ७ अंक जोडेको छ

प्रकाशित: ४ चैत्र २०७९ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App