coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आजदेखि विराटनगरमा इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट

विराटनगरमा रेडमड इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ। चैत ४ देखि ७ गतेसम्म विराटनगरमा इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको नेपाल क्रिकेट फाउण्डेसनको आयोजनाले जनाएको छ। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले विराटनगरमा पहिलो पटक दुई देशबीचका महिला क्रिकेट खेलाडीबीचको खेल आयोजना गरेको जानकारी दिएको हाे।  

समाज रुपान्तरणका लागि महिलाहरुको महत्वपूर्ण भूमिका हुने हुँदा उतीहरुलाई घरभित्रबाट बाहिर ल्याउने माध्यम खेलकुद रहेको बताउँदै, फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले भने, ‘त्यसका लागि विभिन्न संस्थाहरुसँगको सहकार्यमा विद्यालय स्तरीय महिला क्रिकेट तथा ग्रासरुट लेबलमा प्रशिक्षण दिँदै प्रतियोगिताहरु गर्दै आएका छौं। यस्ता प्रतियोगिताले महिला क्रिकेटको स्तर वृद्धि हुने गर्छ।’

शनिबारदेखि हुन लागे इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी र भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एशोसिएनबीच मैत्रीपूर्ण प्रतियोगिता हुने फाउण्डेसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए। ५० ओभरको १ दिवसीय र ३ वटा टि–२० प्रतियोगिता हुनेछ।  

विराटनगरबाट रुबिना क्षेत्रीको नेतृत्वमा काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, आश्मा कर्माचार्य, कविता गौतम, सानु राजवंशीलगायतले खेल्ने छन्। भारतको तर्फबाट विभिन्न प्रदेशका महिला खेलाडीको सहभागिता रहेको छ।  

भारतकी रितु भोस्लेले दुई देशीबीचको मैत्रीपूर्ण खेल महत्वपूर्ण रहेको बताइन्। उनले नेपालको नेशनल खेलाडीसँग खेल्न पाउनु पनि हाम्रा लागि राम्रो अवसर हो। हाम्रो टोलीमा विभिन्न प्रदेशका खेलाडी रहेका छौं। यस खेललाई सकारात्मक रुपमा लिएका छौं।’

नेपालकी अस्मिता कर्माचार्यले लामो समयदेखि कुनै पनि प्रतियोगिता खेल्न पाइएको छैन। त्यसले गर्दा पनि यो प्रतियोगिताले हामीलाई फाइदा पुग्ने कुरामा विश्वस्त छौं। विराटनगरमा पहिला पटक खेल्न लागेको हो। यसरी मैत्रीपूर्ण खेल खेल्दा हाम्रो नियमित अभ्यास पनि हुन्छ।

प्रतियोगितामा बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने छन्।

 

प्रकाशित: ४ चैत्र २०७९ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App