८ वैशाख २०८१ शनिबार
खेल

आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालको जित: कप्तान पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताएका छन्।

लिग–२ को अन्तिम खेलमा युएईबिरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले शुरुवात खराब भएपनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताए।

शुरुवात नराम्रो भएपनि यस अघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद् नतिजा निस्किने विश्वासका साथ खेलेको उनको भनाइ थियो। यो बीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्वपूर्ण रहेको उनले बताए। राम्रो रनको लक्ष्य भएपनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउनसक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान रोहितले बताए।

लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो।

नेपालले युएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो। विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ। जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ। छनोटमा कुल १० टोली हुनेछन्। विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन्।

प्रकाशित: २ चैत्र २०७९ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App