४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

यूएईविरुद्ध नेपाललाई पाँचाै सफलता ,दिपेन्द्रको खातामा दुई विकेट

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला  अन्तर्गत अन्तिम खेलमा  नेपाल र यूएईबीच खेल भईरहेको छ ।  

कीर्तिपुर क्रिकेट मैदानमा जारी यो खेलमा नेपाललाई  पाँचौ विकेट हात लागेको छ।  

यो सहित दिपेन्द्रसिंह एैरीको खातामा दुई विकेट भएको छ । चौथो र पाँचौ विकेट लिएका दिपेन्द्रको बलमा विकेट किपर आसिफ शेखले  तेश्रो विकेटको रुपमा यूएईका रिजवानलाई ७ रनमा आउट गरेका हुन। दिपेन्दले ३७  ओभर ३ बलमा रोहन मुस्ताफालाई २० रनमा आउट गरेका हुन। यूएईले पाँचौ विकेट गुमाउँदा १७५ रन बनाएको छ।  

यस अघि २६ओभर १ बलमा दिपेन्द्रसिंह एैरीले यूएईका अफजल खानलाई ३ रनमा आउट गरे। चौथो विकेट झर्दा यूएईले १२८ रन बनाएको छ।  

यस अघि २३ ओभरमा दिपेन्द्रसिंह एैरीको बलमा विकेट किपर आसिफ शेखले यूएईका रिजवानलाई ७ रनमा आउट गरेका हुन।तेश्रो विकेट झर्दा यूएइले ११८ रन बनाएको छ। यूएईको पहिलो विकेट १९ रन , दोश्रो विकेट झर्दा ९८ रन थियो। यस अघि पहिलो विकेट ललित नारायण राजबंशी र सन्दीप लामिछानेले एक एक विकेट लिएका हुन।  

प्रकाशित: २ चैत्र २०७९ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App