७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सन्दीप कीर्तिमान नजिक , थप एक विकेट लिए पुरा हुने

किर्तिपुरस्थित घरेलु मैदानमा आज  भएको विश्वकप लिग– २ मा यूएई विरुद्ध एक विकेट लिएपछि  सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान नजिक पुगेका छन्।

यो सूचीको शीर्ष स्थानमा रहेका अफगानिस्तानका स्पिनर रासिद खानले ४४ खेलमा सय विकेट पूरा गरेका छन्। सन्दीपले ४१खेलमा ९९ विकेट बनाइसकेका छन्। आज थप एक विकेट लिए उनी रासिदलाई पछि पार्दै नयाँ कीर्तिमान बनाउनेछन्।

सन्दीपले लिग–२ मा मात्र ७२ विकेट पूरा गरेका छन। ओमानका बिलाल खान ७६ विकेटसहित लिग–२ को सर्वाधिक विकेटकर्ता हुन्। बिलालले ३५ खेलमा यो सफलता प्राप्त गरेका हुन। 

प्रकाशित: २ चैत्र २०७९ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App