coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्दीप कीर्तिमानतिर: युएईविरुद्ध थप दुई विकेट लिए नयाँ कीर्तिमान

फाइल तस्बिर

किर्तिपुरस्थित घरेलु मैदानमा सोमबार भएको विश्वकप लिग– २ मा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पाँच विकेट लिएका सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान नजिक पुगेका छन्।

यो सूचीको शीर्ष स्थानमा रहेका अफगानिस्तानका स्पिनर रासिद खानले ४४ खेलमा सय विकेट पूरा गरेका छन्। सन्दीपले ४० खेलमा ९८ विकेट बनाइसकेका छन्।

युएईविरुद्ध थप दुई विकेट लिए सन्दीपले रासिदलाई पछि पार्दै नयाँ कीर्तिमान बनाउनेछन्। सन्दीपले लिग–२ मा ७१ विकेट पूरा गरे।

ओमानका बिलाल खान ७६ विकेटसहित लिग–२ को सर्वाधिक विकेटकर्ता हुन्। बिलालले ३५ खेलमा यो सफलता प्राप्त गर्दा सन्दीपले उनीभन्दा पाँच खेल कम खेलेका छन्। एकदिवसीयमा सन्दीपले तीन पटक पाँच विकेट र आठ पटक चार विकेट लिएका छन्।

नेपालले बिहीबार विश्वकपको लिग–२ मा युएईसँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: ३० फाल्गुन २०७९ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App