१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

साबिक विजेतालाई पहिलो अंक

साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको दिन त्रिभुवन आर्मी फुटबल क्लबले भने न्युरोड टिम (एनआरटी) सँग हारको संकट टारेको छ।

एन्फा मुख्यालय सातदोबाटोमा सम्पन्न खेलमा मच्छिन्द्र र मनाङ मस्र्याङ्दी क्लबले गोलरहित बराबरी खेले। यससँगै मच्छिन्द्रले लिगमा अंक खाता खोलेको हो। पहिलो खेलमा अग्रता जोगाउन नसक्दा जावलाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको मच्छिन्द्र दोस्रो खेलमा आर्मीसँग २–० ले पराजित भएको थियो। मनाङविरुद्ध गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा मच्छिन्द्र पहिलो जित निकाल्ने लक्ष्यबाट टाढिएको थियो। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिगमा पहिलो जितको लक्ष्यमा आए पनि पाएका अवसरको सदुपयोग गर्न नसक्दा सो लक्ष्य पूरा नभएको बताए।

‘हामी लगातारको दुई हारपछि आज तीन अंक जोड्ने लक्ष्यका साथ आएका थियौं,’ कटुवालले भने, ‘खेलाडीहरूले मनाङजस्तो बलियो टोलीलाई दबाबमा राख्दै एकपछि अर्को गोलको अवसर र्सिजना गरे पनि त्यसको सदुपयोग गर्न नसक्दा १ अंकमा चित्त बुझाउनुप¥यो। कटुवालले लिगमा अझ २३ चरणका खेल बाँकी रहेकाले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यबाट पछि नहटेको समेत बताए।

‘भर्खरै तीन चरणको खेल सकिएको छ, अहिले नै यो टोलीले जित्छ र यो टोली रेलिगेसनमा पर्छ भन्नु हतार हुनेछ,’ कटुवालले भने, ‘हामी लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यका साथ आएका छाैं। पछिल्लो दुई खेलमा हामी हारेका थियांै। आज मनाङविरुद्ध एक अंक मात्र भए पनि लिन सफल भयो। आगामी खेलमा थप सुधारिएको प्रदर्शनसहित जित लयमा फर्कनेमा आशावादी छाैं।’

मनाङका प्रशिक्षक किरण श्रेष्ठले भने मच्छिन्द्रजस्तो बलियो टोलीविरुद्ध अंक गुमाउनु भन्दा पनि एक अंक जोडेकोमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए। ‘हामीले प्रत्येक खेलमा सुधारिएको प्रदर्शन गरिरहेका छांै। आज मच्छिन्द्रविरुद्ध पनि हामीले राम्रो खेल्याैं,’ श्रेष्ठले भने, ‘केही अवसर सिर्जना पनि भएका थिए तर त्यसलाई गोलमा परिणत गर्न सकेनाै।’

मनाङले पहिलो खेलमा हिमालयन शेर्पाविरुद्ध १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने संकटा क्लबलाई १–० ले हराएको थियो।

यता च्यासलमा सम्पन्न खेलमा एनआरटीले आर्मीीसँग ३–३ को बराबरी खेल्यो। आर्मीमाथि ३–१ को अग्रता लिए पनि अन्तिम ४ मिनेट सम्हालिन नसक्दा एनआरटी लिगमा पहिलो जितको संघारमा पुगेर पनि निराश भएको हो। च्यासल फुटबल मैदानमा खेलको १५औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी गोलमा आर्मीले अग्रता लिएको थियो।

५२औं लालनुनजामाको गोलमा एनआरटी खेलमा फर्किएको थियो। त्यसको पाँच मिनेटपछि नै जिन एन्सर एमबोओमीको गोलमा एनआरटीले अग्रता लिएको थियो। ६२औं मिनेटमा लालनुनजामाको गोलमा एनआरटीले ३–१ को अग्रता बनाएको थियो। ६८औं मिनेटमा सुदिल राईको गोलमा आर्मीले खेलमा फर्कने संकेत गरेको थियो। खेल सकिन ४ मिनेट बाँकी रहँदा दिनेश हेन्जनले फ्रिकिकलाई गोलमा परिणत गरेसँगै आर्मीले हारको संकट टारेको थियो।

पहिलो खेलमा संकटासँग गोलरहित बराबरी खेलको आर्मीले दोस्रो खेलमा मच्छिन्द्रलाई २–० ले हराएको थियो। यता एनआरटी भने पहिलो खेलमा सातदोबाटोसँग २–१ र दोस्रो खेलमा जावलाखेलसँग २–० ले निराश भएको थियो। लिगमा तेस्रो चरणको समाप्तिमा ३ खेलमा शतप्रशित नतिजा ल्याएका चर्च ब्वाइज र सातदोबाटो त्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान खेलमा ७ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा छ। 

प्रकाशित: २९ फाल्गुन २०७९ ०१:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App