२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

युएईविरुद्ध नेपालकाे कमजोर शुरुवात, ७ ओभरमै ३ विकेट पतन

आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । सात ओभर भित्र नेपालले तेश्रो विकेट गुमाएको छ ।  ७ दशमलब १ ओभरमा नेपालको तेश्रो विकेट रुपमा कुसल मल्ल आउट भए । उनी ९ रन मात्र बनाएर आउट भए ।  

यस अघि पहिलो पाँच ओभर भित्रमै नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।  

पहिलो विकेटको रुपमा शुरुवाती व्याट्सम्यान आसिफ शेखलाई ० तथा कुसल भुर्तेललाई ८ रनमा गुमाएको हो ।  

नेपाली ओपनर आशिफ शेख दोस्रो ओभरमै आउट भए । त्यसैगरी कुसल भुर्तेल  ४ दशमलब ३ ओभरमा १५ बलको सामना गर्र्दै १ चौक्कासहित ८ रन बनाएर आउट भए । अहिले भिम सार्की र कप्तान रोहित पौडेल क्रिकजमा छन । नेपालले ताजास्थीतमा  १०  ओभरमा ३  विकेट गुमाएर ३३ रन बनाएको छ । भिम सार्की  ५ रन तथा रोहित ९ रन बनाएर खेलिरहेका छन ।  

युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ  गर्ने निर्णय गरेको हो ।  

आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्।  

नेपाली टिम 

 रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।  

प्रकाशित: २८ फाल्गुन २०७९ ०४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App