आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । सात ओभर भित्र नेपालले तेश्रो विकेट गुमाएको छ । ७ दशमलब १ ओभरमा नेपालको तेश्रो विकेट रुपमा कुसल मल्ल आउट भए । उनी ९ रन मात्र बनाएर आउट भए ।
यस अघि पहिलो पाँच ओभर भित्रमै नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।
पहिलो विकेटको रुपमा शुरुवाती व्याट्सम्यान आसिफ शेखलाई ० तथा कुसल भुर्तेललाई ८ रनमा गुमाएको हो ।
नेपाली ओपनर आशिफ शेख दोस्रो ओभरमै आउट भए । त्यसैगरी कुसल भुर्तेल ४ दशमलब ३ ओभरमा १५ बलको सामना गर्र्दै १ चौक्कासहित ८ रन बनाएर आउट भए । अहिले भिम सार्की र कप्तान रोहित पौडेल क्रिकजमा छन । नेपालले ताजास्थीतमा १० ओभरमा ३ विकेट गुमाएर ३३ रन बनाएको छ । भिम सार्की ५ रन तथा रोहित ९ रन बनाएर खेलिरहेका छन ।
युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्।
नेपाली टिम
रोहित पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।
प्रकाशित: २८ फाल्गुन २०७९ ०४:३० आइतबार



-600x400.jpg)

