२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दोस्रो इक्वालिटी कप महिला क्रिकेटमा मोरङ समूह विजयी

विराटनगरमा जारी दोस्रो इक्वालिटी कप महिला क्रिकेट  प्रतियोगिताको  बिहीबारको खेलमा विजयी हुँदै मोरङ समूह विजेता भएको छ। नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६  स्थित खेलमैदानमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई १० विकेटले पराजित गरी समूह विजेता बनेको हो।  

दुवै टिम यस अघि नै फाइनलमा प्रवेश गरिसकेका छन्।  टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा  १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ७६ रनको सामान्य स्कोर बनाएको थियो। सिरहाकी चन्दीका साहले १२ रन बनाउनु बाहेक अरु ब्याटरले  दोहोरो अंकलाई छुन सकेनन्। मोरङकी वुमन अफ द म्याच सृजना राजवंशीले  सर्वाधिक ३ विकेट लिइन्।

७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ७ दशमलव २ बलमा विना विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। मोरङकी कप्तान सानु राजवंशीले ३९ रनमा नटआउट हुँदा पुर्णीमा राजवंशी १९ रनमा नटआउट भइन्। यस अघि भएको पहिलो खेलमा एमसिसि–११ ले मधेश प्रदेशको सप्तरीलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ।

टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभर खेलमा  १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ४ रनको स्कोर बनाएको थियो। सज्तरीकी मन्जु रामले नटआउट १४ रन शाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छन् सकेनन्। एमसिसिकी वुमन अफ द म्याच रचना चौधरीले ४ लिँदा एलिना गोतामे र चान्दनी यादनले २–२ विकेट लिइन्। १ सय ५ रनको लक्ष्य पछ्याएको एमसिसिले  ११ दशमलव ५ बलमा २ विकेट गुमाई  विजयी लक्ष्य पार गरेको थियो। एमसिसिकी चाँदनी यादवले नटआउट १८ रन बनाउँदा रिया तामाङले १७ रन र रचना चौधरीले नटआउट १४ रन बनाइन्।  

प्रकाशित: २६ फाल्गुन २०७९ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App