१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इक्वालिटी कप क्रिकेट: मोरङ र सिरहा फाइनलमा

दोस्रो ‘इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२३’को फाइनलमा मोरङ र सिरहा पुगेका छन्।

बिहीबारको खेलमा सप्तरीलाई पराजित गर्दै मोरङ र एमसिसी ११ लाई पराजित गर्दै सिरहा फाइनलमा पुगेका हुन्।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्तर्गत बिहीबारको पहिलो खेलमा कोशी प्रदेशको मोरङले मेधेश प्रदेशको सप्तरीलाई ५४ रन अन्तरले पराजित गरी फाइनलको यात्रा तय गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको स्कोर बनाएको थियो। मोरङकी सोनु राजवंशीले ४२ रन बनाउँदा टिका साहले २० रनको योगदान दिइन्। सप्तरीकी दिपिका सिंंहले ३ विकेट लिँदा सुस्मीता यादवले २ विकेट लिइन्।

१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १७ दशमलव ४ बलमा ६४ रनमा अलआउट भयो। सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोर बनाउन सकेनन्। मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा टिका साह, वन्दना राजवंशी र सृजना राजवंशी २–२ विकेट लिइन्। खेलको वुमेन अफ द म्याच मोरङकी अलराउण्डर खेलाडी टिका साह घोषित भइन्।

दोस्रो खेलमा सिरहाले एमसिसि–११ लाई ६ विकेटले पराजित गरी लगातार २ खेलमा विजयी हात पार्दै फाइनलको यात्रा तय गरेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको एमसिसि–११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९ रनको स्कोर बनाएको थियो। एमसिसिकी चाँदनी यादवले २१ रन बनाउँदा मनीषा मल्लिकले १६ रन र रश्मी साहले नटआउट १४ रन बनाइन्। सिरहाकी अर्चना महतोले २ विकेट लिँदा चन्द्रीका साहले पनि २ विकेट लिइन्।

१ सय १० रनको लक्ष्य पछ्याएको सिरहाले १५ दशमलव ३ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। सिरहाकी वुमा अफ म्याच अर्चना महतोले ३२ रन बनाउँदा प्रसिद्धिका खड्काले नटआउट १९ रन बनाइन्। एपसिसिकी रचना चौधरीले २ विकेट लिइन्। मोरङले २ खेलमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने सिरहा पनि २ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ।

सप्तरी र एमसिसि–११ २ खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएका छन्। शुक्रबार लिगको अन्तिम दिन पहिलो खेल मोरङ र सिरहा तथा दोस्रो खेल सप्तरी र एमसिसि–११ बिच हुने छ। प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागी छन्।

प्रकाशित: २५ फाल्गुन २०७९ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App