२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा मंगलबारबाट राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उद्घाटन गरेका छन्।  

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू,मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की,सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई सहितका जनप्रतिनिधि तथा बिभिन्न राजनीतिक दलका अगुवाको उपस्थिति रहेको थियो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार(गणेश)मावोको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न वक्ताले खेलकुद क्षेत्रको महत्वका बारेमा चर्चा गरेका थिए। प्रतियोगिता बिहीबार सक्ने गरी तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधी पौडेलले जानकारी दिए।  

प्रकाशित: २३ फाल्गुन २०७९ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App