९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

यूएई विरुद्ध नेपाललाई तेश्रो विकेट हात लाग्यो

 

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले यूएई विरुद्ध तेश्रो  विकेट लिएको छ। तेश्रो विकेट नेपालका बलर आरिफ शेखले दिलाएका हुन । उनले  ३० ओभरमा यूएईको तेश्रो विकेट झारे। ताजास्थीतीमा यूएई ३२ ओभरमा ३ विकेट गुमाएर १३९ रन बनाएर खेलिरहेको छ।  

पहिलो विकेट पहिलो ओभरको दोश्रो बलमै लिएको नेपालले दोश्रो विकेट २३ ओभर ४ वलमा प्राप्त गर्यो । दोश्रो विकेट दिपेन्द्रसिंह एैरीले दिलाए ।  

पहिलो विकेट सोमपाल कामीले लिएका हुन । ताजास्थीतीमा यूएई २८ ओभरमा २ विकेट गुमाएर ११० रन बनाएर खेलिरहेको छ ।  घरेलु टोली युएईविरुद्ध बलिङमा नेपालको मध्यम प्रस्तुती रहेको देखिएको छ।  

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका पाँचौं नम्बरका ब्याटर भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए । भीमको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो।

प्रकाशित: २२ फाल्गुन २०७९ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App