१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपालले टस जितेर फिल्डिङ रोज्यो, करणले दिलाए पहिलो सफलता

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा स्थान बनाएका छन्। तीव्र गतिका बलर प्रतिश जि.सीको स्थानमा लेग स्पिनर  लामिछानेलाई मौका दिएको हो।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने ।

यसैबीच नेपाललाई पहिलो सफलता हात लागेको छ। नेपालका करण केसीले पहिलो विकेट झारेका छन्। उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट  गरे। यो समाचार तयार पार्दासम्म युएईले छैठौं ओभरमा १ विकेटको क्षतिमा १४ रन बनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App