१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

अघिल्लो छनोटमा बाधक बनेको युएईलाई हराउँदै यू-१९ विश्वकप खेल्ने नेपालको लक्ष्य

युएईमा भइरहेको आईसीसी यू(१९ विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ। खेल आजमानमा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार बिहान पाैने ११ बजे सुरु हुनेछ ।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू(१९ विश्वकपमा छनोट हुनेछ। आजको खेल दुबै टोलीको लागि महत्वपूर्ण छ। त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा हुनेछनन्। नेपालले यसअघिको यू(१९ विश्वकपमा युएईकै कारण खेल्न पाएको थिएन। २०२० को विश्वकप छनोट खेल वर्षाले प्रभावित हुँदा नेपाल यूएईसँग १ रनले पराजित भएर विश्वकप खेल्नबाट बन्चित भएको थियो। यो पटक भने युएईलाई नेपाल यु १९ विश्वकप खेल्ने दाउमा छ। पछिल्ला  खेलमा नेपाल अपराजित छ।

प्रकाशित: १८ फाल्गुन २०७९ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App