१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पिस प्वाइन्ट अन्तरविद्यालय छात्र फुटबलको उपाधि जित्न सफल

आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि म्यान अफ द म्याचु विशेष थिङ र राहुल लामाले २–२ तथा सम्राट बस्नेतले १ गोल गरे । उपाधिसंगै पिस प्वाइन्टले ४० हजार नगद पुरस्कार हात पार्‍यो भने सिद्धार्थ बनस्थलीले २५ हजार नगद पुरस्कारमा चित्त  बुझायो ।

छाहरीले नेपाल तारालाई टाइब्रेकरमा ३–२ गोलले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । छहारीका राजेश तामाङ म्यान अफ द म्याचु बने । छहारीले १० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेको नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रय पिस प्वाइन्टका हुन् ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १० गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

प्रकाशित: १७ फाल्गुन २०७९ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App