आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत आज पीएनजीविरुद्ध खेल जित्न नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ।
सोमबार दुबइ अन्तर्राष्ट्रिय रंगशालामा टस जितर पहिला फिल्डिङ रोजेको नेपालले पीएनजीविरुद्ध खेल जित्न २ सय ४ रनको लक्ष्य पाएको हो।
पीएनजीले ५० ओभरमा ९ विकेटको गुमाए र २ सय ४ रन बनाएको हो।
पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए। सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए।
किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कसशल मल्लको बलमा आउट भए। हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए।
नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए। करण केसी, सोमपाल कामी, प्रतिश जी.सीको नाममा समान १ १ विकेट रह्यो।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी.सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन्।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु विकेट लिएका हुन्। प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन्।
प्रकाशित: १५ फाल्गुन २०७९ ०९:३७ सोमबार