४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप: क्यामरुनी टिम सेमीफाइनलमा

बागमती युवा क्लब (रातो जर्सी) र एभेनियर एफसि, क्यामरुन( निलो) का खेलाडीहरु मैदानमा भिड्दै। तस्बिर : रोहित राई

२३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा क्यामरुनको एभेनियर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ। 

धरान १६ स्थित रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई १–० को झिनोअन्तरले हराउदै एभेनियर सेमीफाइनल प्रवेश गरेको हो। पहिलो हाफको १४ औं मिनेटमा साबा अलीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। कप्तान गिनीको पासमा उनले गरेको गोल नै खेलको निर्णायक बन्यो।  

खेलमा बागमतीले थुप्रै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ। पहिलो हाफको २० औं मिनेटमा देव गुरुङको फ्रि किकलाई क्यामरुनका खेलाडी टिम्बाले क्लियर गरिदिएका थिए भने ३२ औं मिनेटमा अविनाश स्याङतानको प्रहार क्यामरुनका गोलकिपर तसो अलियनले पञ्च गरेर असफल बनाइदिए।  

दोस्रो हाफको १८ औं मिनेटमा देव गुरुङको प्रहार क्यामरुनी गोलकिपरले फुत्काएपनि पुन: उनले नियन्त्रणमा लिएका थिए भने २८ औं मिनेटमा विजय घलानको प्रहार गोलपोष्टको क्रसबारमा ठोक्किएर फर्किएको थियो।  

एभेनियरले पनि केही अवसर खेर फालेको थियो। पहिलो हाफको १८ औं मिनेटमा कियाली रजकको प्रहार बागमतीका गोलकिपर अनिष महतोले नियन्त्रणमा लिएका थिए भने दोस्रो हाफको २५ ओं मिनेटमा टिम्बाको प्रहार बागमतीका किपर अनिषले पञ्च गरेका थिए। यस्तै, ३४ औं मिनेटमा मोजेस टुमको प्रहारलाई पनि गोलकिपर अनिषले पञ्च गरेर असफल बनाइदिए।

खेलको म्यान अफ दि म्याच बागमती युवाका आयुष राना घोषित हुदै नगद १० हजार हात पारे। विजेता एभेनियरका प्रशिक्षक आशिक थापा मगरले जित हात पारेपनि अपेक्षा अनुसार खेल हुन नसकेको बताए। अर्को खेलमा सुधार हुने पनि उनले बताए। बागमतीका प्रशिक्षक रोजित केसीले खेल ५०–५० नै भएपनि स्कोर गर्न नसक्दा हार भएको बताए। साथै, क्यामरुनी खेलाडीहरुले एकदमै रफ खेलेको तर रेफ्रीले सहीरुपमा निर्णय लिन नसकेको बताए। सोमबार नेपाल पुलिस क्लब र केएफटिसी झापाबीच हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App