२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

आर्सनलसँग दूरी घटाउँदै म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बर्नेमाउथमाथि फराकिलो जित निकालेको छ।

गए रातिको खेलमा सिटीले बर्नेमाउथलाई ४-१ गोल अन्तरले हराएको हो।

सिटीलाई जिताउन जुलियन अल्भारेज,अर्लिङ हालाण्ड र फिल फोडेनले एकएक गोल गरे भने एक गोल उपहार पाएको हो। बर्नेमाउथका जेफरसन लेर्माले एक गोल फर्काए।

खेलको १५ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। २९ औं मिनेटमा अर्लिङ हालाण्डले सिटीको अग्रता दोब्बर बनाए। ४५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए।

५१ औं मिनेटमा बर्नेमाउथका क्रिस मेपहमले आत्मघाती गोल गरेपछि सिटीको अग्रता ४-० को बन्यो।खेलको ८३ औं मिनेटमा बर्नेमाउथका जेफरसन लेर्माले एक गोल फर्काए र सिटी ४-१ गोल अन्तरले विजयी भयो। 

यस जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ। सिटी २५ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। आर्सनलको ५७ अंक रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App