१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आज सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई, युएई जान पाउँलान् त?

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ।

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाई तोकिएको थियो। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App