२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

क्रिकेटर सम्भाव्य सम्मानित

रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाव्य ढकाललाई शनिबार सम्मान गरेको छ।

रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षे क्रिकेटर सम्भाव्यलाई सम्मान गरिएको हो। सोही अवसरमा आँधी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। दुवै रेडिअन्टमा अध्ययनरत छन्। दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाव्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरूले करातेको प्रदर्शन प्रस्तुत गर्नुका साथै आकर्षक नृत्य पनि गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ ००:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App