२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्याब्सन सिन्धुलीको खेलकुद प्रतियोगिता सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुलीको जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता सुरु भएको छ। 

शनिबारदेखि सुरु भएको खेलकुद प्रतियोगिता मंगलबारसम्म चल्ने प्याब्सन सिन्धुलीले जनाएको छ।

शारीरिक रूपमा स्वास्थ्य तथा मानसिक रूपमा  प्रतिस्पर्धी विद्यार्थी भन्ने मूल नारा सहित खेलकुद प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको एक कार्यक्रमका बिच कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले भलिबल खेलेर उद्घाटन गरेका थिए।

उद्घाटन समारोहका प्रमुख अतिथि रहेका पोखरेलले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक रूपमा रूपमा तन्दुरुस्त हुनुका साथै स्वास्थ्यका लागि फाइदा पुग्ने बताए। नगरप्रमुख पोखरेलले खेलकुदका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बचन समेत दिए। 

'औपचारिक शिक्षासँगै खेलकुद पनि अत्यावश्यक पक्ष हो, नगरप्रमुख पोखरेलले भने, त्यसैले नगरपालिकाले खेल क्षेत्रमा आवश्यक सहयोग गर्नेछ।'

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीका झन्डै ३० विद्यालयहरूको पाँच सय विद्यार्थीको सहभागितामा खेल प्रतियोगिता सुरु भएको प्याब्सन सिन्धुलीका वरिष्ठ सल्लाहकार तथा सिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ओम प्रधानले जानकारी दिए। खेलकुदमा दौड प्रतियोगिता भलिभल प्रतियोगिता लगायतका खेलकुद हुने आयोजक प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानले जानकारी दिए।

प्रकाशित: १३ फाल्गुन २०७९ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App