७ वैशाख २०८१ शुक्रबार
खेल

चौथो अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेट प्रतियोगिता फागुन २३ देखी

अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको चौथो संस्करण आउँदो फागुन २३ गतेदेखी सञ्चालन हुने भएको छ। अर्घाखाँची क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता फागुन २३ गतेदेखी ३० गतेसम्म हुनेछ।

रोयल खाँचीकोट भगवती, ईलेभेन ब्रदर्स डिभर्ना, पुष्प वारियर्स र रोयल सन्धिखर्क गरी चार टिम सहभागी हुने उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेष भट्टराईले जानकारी दिए।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, प्रतियोगिता अवधीभरमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। यस्तै दर्शक दिर्घामा बल समात्ने ९क्याच गर्ने० लाई समेत पुरस्कृत गरिने भएको हो।  

एपिएलका तिन वटा संस्करण टेनिस बलले खेलाईएको थियो भने यसपाली ‘सिम बल’ ले खेलाईने छ। प्रादेशिक क्रिकेट संघले सिफारिश गरेका अनुभवी अम्पायरहरु समेत ल्याईने संघका अध्यक्ष भट्टराईले बताए।

प्रतियोगिता समापन हुँदासम्म करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। टिम दर्ता शुल्क २० हजार रुपैंया लाग्ने र देशविदेशमा रहेका खेलप्रेमीहरुको आर्थिक सहयोगमा प्रतियोगिता गर्दै आएको अर्घाखाँची क्रिकेट संघले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App