आइसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट खेलमा नेपालले विरुद्धको खेल जित्न २६२ रन पछ्याएको सिंगापुरपुरको पहिलो विकेट झरेको छ । २ दशमलब ३ ओभरमा नेपालका हेमन्त धामीले सिंगापुरका शुरुवाती व्याट्सम्यान रहिल खानलाई सुन्य रनमा आउट गरे । रहिलले १० बलको सामना गरेर पनि कुनै रन जोड्न सकेनन । पहिलो विकेट झर्दा सिंगापुरले १ रन मात्र बनाउन सकेको थियो । ताजास्थिीतीमा सिंगापुरले ७ ओभर ३ बलकाे समाप्तीमा १ विकेटको क्षतीमा १५ रन मात्र बनाउन सकेको छ ।
यस अघि नेपालले युएईको इर्डेन गार्डेन्स मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनाएको हो ।
नेपालका लागि सबै भन्दा वढि आकाश त्रिपाठीले एक सय बलको सामना गरेर १ छक्का र ७ चौक्का प्रहार गरी ७८ रन बनाए । त्यसैगरी विशाल विक्रम केसीले ५४ बलमा २ छक्का र ४ चौक्का संगै अविजित ६३ रन बनाए ।
त्यसैगरी अर्जुन कुमालले ३७ रनको योगदान दिए । त्यसैगरी कप्तान देव खनालले २१, दिपक बोहोराले १७ र दिपक प्रसाद डुम्म्रेले १० रन बनाए ।
सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए । याे प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।
प्रकाशित: १२ फाल्गुन २०७९ ०९:४१ शुक्रबार





