४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली यु–१९ पुरुष क्रिकेटटोलीको मुख्य लक्ष्य विश्वकप छनोट

नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका नवनियुक्त कप्तान देव खनालले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने यु–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा च्याम्पियन हुँदै छनोट हुने बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजना गरेको बिदाइ कार्यक्रमपछि नेपाली टोलीका कप्तान देव खनालले करिब दुई महिनाको अभ्यास राम्रो भएको भन्दै राम्रो नतिजा आउने बताएका हुन्। गुल्सन झा राष्ट्रिय टोलीमा अटाएपछि कप्तानको जिम्मेवारी पाएका देवले पोखरामा अभ्यास र घरेलु मैदानमा सिनियर टोलीसँग खेलेका केही अभ्यास खेलबाट टोलीको प्रदर्शन सन्तोषजनक भएको भन्दै टोलीको मुख्य लक्ष्य विश्वकप छनोट भएको बताए।  

‘करिव दुई महिनाको अभ्यास राम्रो भएको छ। घरेलु मैदानमा भएका अभ्यास खेलमा टोलीले राम्रो गरेको छ। टोलीमा मुख्यत फास्ट बलिङ पक्ष राम्रो छ,’ यु–१९ कप्तान देव खनालले भने, ‘छनोट प्रतियोगिताका सबै खेल फाइनलजत्तिकै महŒवपूर्ण छन्। सबै खेलमा सुखद नतिजा आवश्यक छ। मेरो जिम्मेवारी व्यक्तिगत करियरका लागि निकै महŒवपूर्ण छ। राम्रो नतिजा देशका लागि दिलाउँदै पुन: राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य छ।’

यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले पनि सबै खेल महŒवपूर्ण रहेको र सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ खेल्ने योजनामा टोली रहेको बताए। प्रशिक्षक टमाटाले नेपाली टोली सबै पक्षमा सन्तुलित भएको र तीव्र गतिका बलरको प्रदर्शनबाट खेलमा हाबी हुने विश्वास लिएका छन्।

‘उमेरसमूहका खेलमा कुनै पनि देशलाई कमजोर आकलन गर्नु उचित हुँदैन। त्यसैले हामीले दुई महिनाको अवधिमा तयारी राम्रो गरेका छौं। मंगलबार नेपाली टोलीले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन टोली स्कटल्यान्डसहित नामिबियासँगको शृंखलामा क्लिन स्विप गरेपछि उमेरसमूहको टोलीमा पनि मनोबल बढेको छ,’ प्रशिक्षक टमाटाले भने। उता छनोट प्रतियोगिताका लागि नेपाली यु–१६ टोलीबाट खेलिसकेका अर्जुन कुमालले पनि तयारी राम्रो गरेको बताउँदै च्याम्पियन भएर स्वदेश फर्किने प्रतिबद्धता जनाए। एसिया छनोट फागुन १२ देखि युएईमा आयोजना हुँदै छ। प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, कुवेत, मलेसिया र आयोजक युएईको सहभागिता रहनेछ। सिंगल राउन्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोलीले आगामी २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकप यु–१९ मा सीधै छनोट हुने मौका पाउनेछ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यानका पदाधिकारीले बिदाइ गरेका हुन्। सार्वजनिक तालिकाअुनसार नेपालले पहिलो खेल फागुन १२ गते सिंगापुरविरुद्ध खेल्दै सुरुआत गर्नेछ। दोस्रो खेल नेपालले फागुन १३ गते कुवेतविरुद्ध खेल्नेछ भने फागुन १५ गते हंकङसँग खेल्नेछ। फागुन १६ गते मलेसियासँग चौथो खेल खेल्दा अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। टोली बुधबार नै युएई प्रस्थान गरेको छ।  

प्रकाशित: ११ फाल्गुन २०७९ ००:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App