२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टप्स बोर्डिङलाई मेयर कप

राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ। 

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो।  

सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पार्‍यो। शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीये भयो। सहिद स्मृतिले कुल ११ पदक पायो। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट्स अन्तर्गत छात्र–छात्राका खेल भएका थिए।  

एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्दै प्रथम भयो। सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भया । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ। कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो। न्यु मिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीये भए । उसुतर्फ कालिका २ स्वर्ण सहित पहिलो भयो। थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान एक÷एक स्वर्णका साथ क्रमशः द्वितीय र तृतीये स्थानमा रह्यो। उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीये स्थान छुट्याइएको हो।

तेक्वान्दोमा ४ स्वर्ण र १ रजत सहित सहिद स्मृति विद्यालय च्याम्पियन बन्यो। १ स्वर्ण, १ रजत  र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह मावि तृतीय भए। भलिबलको छात्रातर्फ युनिभर्स प्रथम, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए। छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय भए। कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भएको खेलकुद विकास समितिले जनाएको छ। छात्रातर्फ गौरीशंकर प्रथम, सहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए। प्रतियोगितामा ३० वटा विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए।

पुरस्कार वितरणपछि बोल्दै महानगर प्रमुख धनराज आचार्यले विद्यालयस्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्र अघि बढ्न नसक्ने बताए। महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने उनले बताए। ‘वर्षभर हुने खेलकुदको हामी क्यालेन्डर बनाउँछौँ। त्यसले परीक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ,’मेयर आचार्यले भने। खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए।  

प्रकाशित: १० फाल्गुन २०७९ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App