२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत घरेलु मैदानमा आज भएको चौथो खेलमा रोहित पौडेलको अर्धशतकको सहयोगमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। यससँगै नेपालले घरेलु मैदानमा भएकाे चारैवटा खेल जितेकाे छ। नेपालले नामिबिया र स्कटल्याण्डलाई पराजित गरेकाे हाे। 

यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बनेकाे छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको थियो। उक्त रनको लक्ष्य पार गर्दै नेपालले स्कटल्याण्डलाई २  विकेटले पराजित गरेको हो।

कप्तानन रोहित पौडेलले ५५ बलमा ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। लिग टुमा यो कुशलको पाँचौ एकदिवसीय अर्धशतक हो।  नेपालका लागि ७ सय २२ रन बनाएका छन्। लिग टुमा नेपालका लागि सवार्धक रन बनाउने पहिलो खेलाडी समेत हुन्।

उनले १०१ बलमा  ९५ रन बनाएका छन्। यस्तै करण केसीले  ३७ बलमा ३१ रन बनाएका छन्।

सन्दीप लामिछाने १३ बलमा ९ रन बनाएर आउट भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी १६ बलमा ७ रन बनाएर आउट भएका छन्। सोमपाल कामीले ७ बलमा २ रन बनाएर आउट हुन पुगेका थिए। यस्तै सन्दीप जोराले ८ बलमा १ रन बनाएर आउट भएका थिए। कुशल मल्लले २८ बलमा १७ रन बनाएर आउट भएका थिए।

यस्तै कुशल भुर्तेलले १ रनबनाएका थिए भने आसिफ सेखले २३ बलमा १२ रन बनाएर आउट हुन पुगेका थिए। यस्तै जानेन्द्र मल्लले ३० बलमा २१ रन बनाएर आउट भएका थिए।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।

स्कटल्यान्डका ओपनर कायल कोट्जर २३ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए। अर्का ओपनर जर्ज मुन्से ५० बलमा ९ चौका र दुई छक्कासहित ६० रन बनाएको अवस्थामा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भएका थिए। क्रिस्टोफर म्याकब्रिज ३० बलमा १ चौकासहित २२ रनमा कुशल मल्लको बलमा एलबी डब्लू आउट भए।

कप्तान रिची बेरिङटनलाई पहिलो बलमै सन्दीप लामिछानेले एलबी डब्लू आउट गरेर पभेलियन फर्काएका थिए।

लगातार विकेट गुमाइरहेको स्कटल्यान्डका लागि ६३ बलमा ४ चौका र एक छक्काको मद्दतमा ४२ रन बनाएका म्याथ्यू क्रसलाई दिपेन्द्रसिंह ऐरीले रनआट गरेका थिए। ब्रान्डन माकिन्टोस ३१ रनमा आउट भएपछि स्कटल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खचिदै सर्वाधिक ४ विवकेट लिए। करण केसीले ८.१ ओभरमा ४२ रन खर्चिएर तीन विकेट लिँदा ललित नारायण राजवंशी र कुशल मल्ले समान १ विकेट लिए।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग-२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

प्रकाशित: ९ फाल्गुन २०७९ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App