अष्ट्रेलिया महिला टि२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ।
गएराती भएको खेलमा अष्ट्रेलिया घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै महिला टि२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।अष्ट्रेलिया समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ समूह ए मा शीर्ष स्थानमा रह्यो । अष्ट्रेलियाले समूह बी को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ। समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा १ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ।
यसअघि जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो।
प्रकाशित: ७ फाल्गुन २०७९ ०८:०४ आइतबार