३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिमियर लिगमा बुधबार नर्वेली स्टार भिड्दै

इर्लिङ हालान्डरमार्टिन ओडेगार्ड आमनेसामने हुँदा बुधबार इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीरआर्सनल एकअर्कासँग भिड्नेछन्।

सिटीरआर्सनल यस सिजन उपाधिको मुख्य दाबेदारका रूपमा हेरिएकाले यो बहुप्रतीक्षित प्रतिस्पर्धा पनि हो। यी दुई क्लबको भिडन्तसँगै नर्वेली स्टारद्वय हालान्डरओडेगार्ड एकअर्काको प्रतिस्पर्धीका रूपमा रहनेछन्। नर्वेली फुटबललाई एकपटक फेरि उचाइमा पु¥याउन सक्ने आशाका रूपमा समेत हालान्डरओडेगार्डलाई लिइएको छ। सन् २००२ को युरो कपपश्चात् नर्वे कुनै पनि ठूला प्रतियोगितामा छनोट भएको छैन। ओले गनर सोल्सजायररटोर आन्द्रे फ्लोककै अट्याकिङ फुटबल प्रेरणामा नर्वेले त्यो सफलता पाएको थियो।  

नर्वेको पछिल्लो पटक त्यो सफलता प्राप्त गर्दा ओर्डेगार्ड १८ महिनाका थिए भने हालान्डको त जन्म नै भएको थिएन। उक्त युरो कपमा समूहचरण पार गर्न नसके पनि नर्वेले स्पेनलाई हराएको थियो। यद्यपि, त्यो नै नर्वेका लागि फुटबलमा पछिल्लो सुखद नतिजा रह्यो। त्यसअघि सन् १९९८ मा ब्राजिललाई २–१ ले हराएर नकआउट चरणको यात्रा तय गरेको गर्विलो इतिहास नर्वेली फुटबलले आत्मसात् गरेको थियो। त्यसयता लामो समय नर्वेको फुटबलका लागि कठिन अवस्था रह्यो।  

यद्यपि, पछिल्लो समय नर्वेको फुटबल पुरानै इतिहासमा फर्कने आशा गरिएको छ। युरो कप २०२० मा त्यसको संकेत पनि देखिएको थियो। किनकि त्यस बेला नर्वेले प्लेअफसम्मको यात्रा तय गर्यो। तर, नर्वेले विश्वकपमा भने स्थान बनाउन सकेन। युरो कप २०२४ को छनोट चरण आगामी महिनादेखि नै सुरु हुँदै छ। नर्वेले स्पेनसँग खेल्दै छनोट यात्रा थाल्नेछ। समूह ‘ए’ बाट नर्वेलाई स्कटल्यान्डको तुलनामा दाबेदारका रूपमा पनि हेरिएको छ, जहाँ २२ वर्षे हालान्डरओडेगार्ड नै उनीहरूको सफलताका नायक बन्न सक्छन्।  

जर्मन क्लब बोरुसिया डर्टमन्डबाट इङ्लिस प्रिमियर लिगमा भित्रिएयता नै हालान्ड सिटीको जितमा नायक बन्दै आएका छन्। उनी अहिले प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता पनि हुन्। यता, १६ वर्षको उमेरमा रियल मड्रिडमा आबद्ध भएका ओडेगार्डका लागि स्पेन बसाइ सुखद रहेन। तर, प्रिमियर लिग क्लब आर्सनलमा आएपछि भने ओडेगार्डको प्रदर्शन तारिफयोग्य छ। उनकै प्रदर्शन प्रेरित आर्सनल पनि लिगको दाबेदारका रूपमा हेरिएको छ।  

‘कस्तो राम्रो खेलाडी मार्टिन ओडेगार्ड ? उनका लागि कति राम्रो सिजन ? आर्सनलका लागि उनी नायक भइरहेका छन्रयो नर्वेको फुटबलका लागि पनि राम्रो संकेत हो,’ फुटबल कमेन्टेटर रोर स्टोकले भने, ‘ओडेगार्डरहालान्ड अन्य खेलाडीका लागि पनि प्रेरणा बन्नेछन्। त्यो समग्र नर्वेली फुटबलका लागि पनि प्रेरणा बन्नेछ।’ यी दुई विश्वस्तरीय स्टारले नर्वेलाई एक पटक फेरि विश्व फुटबलमा उदाउन सहयोग गर्ने स्टोकको विश्वास छ। अहिले नर्वे फिफा विश्व वरीयतामा ४३औं स्थानमा छ। युरोपका शीर्ष लिगमा उनीहरूका खेलाडी पनि राम्रो लयमा छन्।

त्यसका कारण एक पटक फेरि विश्व फुटबलमा आफ्नो देश उदाउने आशामा नर्वेली फुटबल समर्थक छन्। यी दुई बाहेक २५ वर्षे युलियन रेर्सनर२७ वर्षे एलेक्सजान्डर सोर्लथबाट पनि धेरै आशा गरिएको छ। वुल्भरह्याम्पटनका पूर्वप्रशिक्षक स्टेल सोलबाकेन सन् २०२० देखि नर्वेको फुटबल समालिरहेका छन्। ‘अहिले नर्वेली फुटबलमा राम्रो संकेत देखिएको छरत्यो सफलतापछाडि वर्तमान प्रशिक्षक स्टेल छन्, ’घरेलु क्लब आइके स्टार्टका स्पोर्टिङ डाइरेक्टर टोर क्रिस्टियनले भने, ‘स्टेलले अहिलेसम्म सुखद नतिजा दिलाउन सकेका त छैनन्। यद्यपि, संकेत भने राम्रो छ। उनीबाट यस पटक धेरै आशा गरिएको छरहामी युरो कपमा पनि छनोट हुन सक्छौं।’

प्रकाशित: ३ फाल्गुन २०७९ ००:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App