८ वैशाख २०८१ शनिबार
खेल

पाँच महिनापछि मैदानमा फर्किए सन्दिप, यस्तो छ नेपालको प्लेइङ ११

फाईल तस्बिर

आइसिसी विश्वकप लिग–२ तीनदेशबीचकाे एकदिवसीय श्रृखला अन्तर्गत घरेलु मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ। नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रिएको छ।  

आजको खेल नेपाली खेलप्रेमीको लागि निक्कै महत्वपूर्ण रहेको छ । लामो समयपछि पूर्वकप्तान सन्दीप लामिछाने मैदानमा उत्रन लागेकाले पनि उनका सर्मथक उत्साहित भएका छन्। उनी आजको प्लेइङ ११ सेटमा मा परेका छन्। करिब पाँच महिनापछि उनी क्रिकेट मैदानमा उत्रिएका हुन्।

नाबालिक बलात्कारको आरोपमा तीन महिना जेल बसेर एक महिना अगाडीमात्र उनी धरौटीमा रिहा भएका थिए। बलात्कार आरोपमा पक्राउ परेसँगै उनी राष्ट्रिय टिमको कप्तानबाट निलम्बन भएका थिए।  

गत भदौ ५ गते एक १७ वर्षकी बालिकालाई ललाइफकाई नगरकोट घुम्न लगेको र त्यहाँबाट नियतबस ढिलो गरी राति तिलगंगास्थित एक होटलमा ल्याएर बलात्कार गरेको आरोप उनीमाथि छ।

पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै गत पुष २८ गते २० लाख धरौटीमा  र १० वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको थियो।  उनी भोलिपल्ट २० लाख धरौटीमा  सुन्धारा कारागारबाटछुटेका थिए । 

अदालतले थुनामुक्त गरेपछि  नेपाल क्रिकेट एसोशियन क्यानले उनको निलम्बन फुकुवा गरेर बन्द प्रशिक्षणमा बोलाएको थियो। आरोपमा सफाई नपाउँदै क्यानले सन्दिपलाई मैदानमा उतारेको भन्दै क्यानको आलोचना भइरहेको छ।  सामाजिक सञ्जालमा 'बाइकटक्यान' अभियान नै चलाइएको छ।  

यस्तो छ नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी,ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेट किपर), करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल,ललितनारायण राजबंशी, गुल्सन झा, र भीम सार्की।

प्रकाशित: २ फाल्गुन २०७९ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App