१४ माघ २०८२ बुधबार
image/svg+xml
खेल

वेन्बो र झाङलाई स्वर्ण

चीनका खेलाडीद्वय वेन्बो बाइर झाङ क्विन वेइले आइटिएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं नेपाल सर्किट–२ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन्।  

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे। पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए। दोस्रो सेटमा वेन्बो १–० ले अगाडिरहेको अवस्थामा प्रत्यशरिटायर्ड हर्ट भएपछि वेन्बोलाई विजेता घोषित गरिएको हो। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–०र ६–४ को सोझो सेटमा हराइन्। सर्किट–१ मा पनि मराल्गु उपविजेतामै सीमित भएकी थिइन्। सर्किट–१ मा मराल्गु आफ्नै दिदी मार्तासंग चुकेकी थिइन्।

शुक्रबार सम्पन्न डबल्स फाइनलको ब्वाइजमा भारतका सेहजसिंह पवारर देवशिष साहु तथा गल्र्समा बेल्जियमकी क्यामिली फिसेटर रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले स्वर्ण जितेका थिए। सर्किट–१ मा स्वर्ण जितेका कुनै पनि खेलाडी सर्किट–२ मा स्वर्ण जित्न सफल भएनन्। सर्किट–१ को ब्वाइज सिंगल्समा भारतका देवशिष साहु तथा गल्र्स सिंगल्समा मार्ता पहिलो भएका थिए। डबल्सको ब्वाइजमा नेपालका अकी जुवेनरावतर अमेरिकाका आरभसम्राट हाडा तथा गल्र्समा मार्तार मराल्गुको जोडी च्याम्पियन बनेका थिए। विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेर सदस्य जयजीव हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे। छ दिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज÷गल्र्स खेलाडीले सिंगल्सर डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।  

प्रकाशित: २९ माघ २०७९ ००:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App