१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सेहज रदेवाशिषको जोडी पहिलो

भारतका सेहजसिंह पवाररदेवाशिष साहुको जोडी आइटिएफ वल्र्ड टेनिस टुरजे ६० काठमाडौं, नेपाल सर्किट–२ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज रदेवाशिषको जोडीले नेपालका अकीजुवेन रावत रअमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र७–६(३) को सेटमा पराजित गर्यो। सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट ररूसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियाका दिदीबहिनी मार्ता रमराल्गु चोक्सोम्जाभको जोडीबाट वाकओभरपाउँदै पहिलो भयो। दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट– १ का विजेता हुन्।

ब्वाइज सिंगल्समा चीनका वेन्बो बाईले भारतका सेहजलाई ०–६, ६–२ र६–३ तथा भारतका प्रत्युशले भारतकै सर्किट–१ का विजेता देवाशिषलाई ७–५ र६–० ले हराउँदै फाइनल भेट पक्का गरे। गल्र्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट– १ विजेता मार्तालाई ६–० र६–१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६–२ र६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे। प्रतियोगिता शनिबारसम्पन्न हुनेछ।

प्रकाशित: २८ माघ २०७९ ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App