२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अर्किड कप फुटबल शुक्रबारदेखि

अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा आयोजकको २ सहित ३८ टोली सहभागी हुने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। अर्किड ‘ए’ र ‘बी’, गोठाटार, मानाङ्क प्याराडाइस, भीमेश्वर, नाम्स, दर्शना, सांग्रिला, लाइसियम, सिसिएस, बेस्ट ग्रुप भिजन, कौस्तुभ, हाइली क्रिएटिभ, बाल गीताञ्जली, सनराइज, गोल्डेन बड, एकलव्य, प्रीतिमा, मनकामना, श्रमशील, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, टाइमलाइन, गेट्वे, नेक्सस, विद्यावारी, मोनास्टिक, ग्लोबल, हाइल्यान्ड, अक्षरिका, कौटिल्य, निर्मल ज्योति, पाणिनी, ग्रिनविच, गणेश हिमाल, साम्तेन, न्यु स्टार पोल, विद्या विकास, माउन्ट सेब तथा गुह्येश्वरी प्रतियोगितामा सहभागी हुँदै छन्।

गत संस्करणको उपाधि नेक्सस इन्टरनेसनल एकेडेमीले जितेको थियो। नकआउट प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चलन गर्न करिब ५ लाख ५० हजार खर्च हुने अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जानकारी गराए। खेलहरू काँडाघारीस्थित अर्किडको आफ्नै मैदानमा हुनेछन्। 

प्रकाशित: २६ माघ २०७९ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App