१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लोटस आई र होली फेमिली स्कुललाई सफलता

अत्तरियाको लोटस आई स्कुल र महेन्द्रनगरको होली फेमिली स्कुलले धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा बुधबार जित निकालेका छन्।

विद्यालय स्तरीय यु–१९ राष्ट्रिय ट्वान्टी–२० क्रिकेटमा लोटस आईले शारदा निकेतन र फेमिली स्कुलले नव वालवाटिका स्कुललाई हराएका हुन्। बुधबारको पहिलो खेलमा लिटल आईले शारदा निकेतनलाई ७७ रनले हरायो। १ सय ८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतन १८.१ ओभरमा १०५ रनमै समेटिएपछि लिटल आइले सहज जित प्राप्त ग¥यो। लोटस आइका बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले चार विकेट लिए। प्लेयर अफ दी म्याच घोषित साउदले चार ओभरमा दुई मेडनसहित १७ रन खर्चिए। सन्तोष बिजलीले दुई तथा वीरेन्द्र नाथ र सुरेश रिजालले १÷१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको लोटस आईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ८१ रन बनायो। लोटस आईका लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए। आयुब चन्दले ३४, लकी कडायत र नरेन साउदले समान २६ रन जोडे। शारदाका बलर नागराज सिंह, अशोक धामी, दीपक रोकाया र राजेन्द्र साउदले १÷१ विकेट लिए।  

दोस्रो खेलमा होली फेमिलीले कैलालीको नव बालवाटिका स्कुललाई तीन विकेटले हरायो। ११६ रनको मध्यम लक्ष्य होली फेमिलीले सात विकेट गुमाएर १८.३ ओभरमा पूरा गर्याे होली फेमिलीका लागि राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए। विरेन बम र अरूण रानाले समान २३ रन बनाए। नेपालको यु–१९ टोलीका सदस्यसमेत रहेका नव बालवाटिकाका बलर प्रकाश जैसीले चार विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। यसअघि टस जितेर ब्याटिङ गरेको नव बालवाटिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय १५ रन बनायो।

उसका लागि रौनक श्रीवास्तवले सर्वाधिक २९ रन बनाए। विराटसिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन जोडे। होली फेमिलीका बलर प्रेम ठकुराठीले तीन विकेट लिए। उनले चार ओभरमा १५ रन मात्र खर्चिए। नेहाल दमाई, विरेन बम, राहुल भण्डारी र सन्तोष विष्टले १-१ विकेट लिए। बिहीबार भुवनेश्वरी विद्यामन्दिर र सैनिक आवासीय महाविद्यालय तथा लिटल फ्लावर स्कुल र वेस्टर्न क्रिस्टलबीच हुनेछन्।  

प्रकाशित: २६ माघ २०७९ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App