१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

काष्ठमण्डप र आयोजक क्वार्टरफाइनलमा

काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टोली नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलअन्तर्गत मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सहज ढकालको ह्याट्रिक प्रेरणामा काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्यो। सहजले चार तथा सुप्रिम बोहराले एक गोल गरे। एक्सेल्सियर रातोले आफ्नै पहेँलो टोलीलाई १–० गोलले हरायो। साहिलराज थापाले निर्णायक गोल गरे। सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे। रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो।संस्कृतिले रिब्समाथि २–० को जित हात पार्‍याे। यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए। ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो।श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छाउँदा न्यु इराले एनआइसी एकेडेमीलाई ३–२ गोलले निराशपार्‍याे। हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो।

त्यस्तै गल्र्स बास्केटबलमा संस्कृतिले एक्सेल्सियरलाई १९–६, रेडिअन्ट पब्लिकले द चाँदबाग स्कुललाई २०–८ र रातो बंगलाले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २७–४ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

सिनियर ब्वाइज बास्केटबलमा जेनिथले रातो बंगलालाई ४०–१३ तथा एमआइएसले पिपल्स एकेडेमीलाई ३४–२३ ले पन्छाउँदै सेमिफाइनल स्थान पक्का गरे।

प्रकाशित: २५ माघ २०७९ ००:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App