२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

फाइल तस्बिर

पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो। लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो। आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता आयोजनाको संघारमा छ।  

विद्यालयबाटै भलिबलको विकास गर्ने उद्देश्य सहित सृजना विकास केन्द्रले फागुन तेस्रो साता सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा आयोजना हुने प्रतियोगिताले भलिबलमा नयाँ आयाम थप्ने विश्वास समेत लिइएको छ।  

पछिल्लो समय पोखरासँगै गण्डकी प्रदेशकै महिला भलिबलको स्तर निकै खस्किएको छ। पुरानो शाखलाई कायमै राख्ने अभिप्रायले सृजना विकास केन्द्रले वर्षेनी सामुदायिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। ‘भलिबलको जग बलियो बनाउने ध्येयसहित प्रतियोगितालाई निरन्तरता दिएका हौं।’ सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले भने, ‘विद्यालयले पनि भलिबललाई प्राथमिकता राख्ने अपेक्षा छ। विद्यालयबाटै भलिबलको विकासमा टेवा पुर्याउन प्रतियोगितामा जुटेका छौं।’  

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको मूल नारालाई आत्मसात् गरी स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्य सहित प्रतियोगितालाई निरन्तरता दिइएको हो। उनले भने, ‘खेलकुदमा पछि परेको सामुदायिक विद्यालयहरुमा प्रतियोगिताले भलिबल खेलको विस्तार र खेलाडी उत्पादनमा मद्दत पुग्नेछ।’ गाउँ गाउँबाट नवप्रतिभाहरुले आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउनेमा केन्द्र विश्वस्त रहेको छ। प्रतियोगिताले ग्रामीण भेगका विद्यार्थीले आफनो प्रतिभा उजागर गर्न पाउने विश्वास केन्द्रको छ।  

कास्कीका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउने केन्द्रले जनाएको छ। कुल ५० विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने विश्वास आयोजकको छ। प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुवै तर्फकालाई एकएक लाख, उपविजेतालाई  ६०–६० हजार र तृतीय हुने विद्यालयलाई ३५–३५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए। सर्वोत्कृष्ट छात्र तथा छात्रा दुवैलाई पाँच–पाँच हजार र अन्य छ विधानका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। बचत रकमबाट कोष खडारी गरी जम्मा गरिने खेल विकासमा लगाउने योजना रहेको प्रचार प्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।  

प्रकाशित: २३ माघ २०७९ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App