ललितपुरको जावलाखेलस्थित डिएभी कलेज (प्लस–टु)ले आयोजना गरेको अन्तर कलेज प्लस–टु, चौथो फुटसल प्रतियोगिताको उपाधी विनायक सिले जितेको छ।
माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा ३२ टिम सहभागि थिए। ३२ टिममध्ये विजेता विनायक सि र उपविजेता ओरियन्ट कलेज भएको हो।
विजेता टिम विनायक सिलाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओरियन्ट कलेज लाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ, उत्कृष्ट गोलरक्षक विनायक सि अभिषेक तामाङ र उच्च गोलकर्ता विनायक सि लाक्पा तामाङ लाई पनि जनही नगद १५ हजार रुपौयाँ व्यक्तिगत ट्रफी र प्रमाणपत्र पाएका छन्।
प्रकाशित: २३ माघ २०७९ १२:२८ सोमबार