२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सलिना सम्मानित

होङ्वान्जी न्यु डायमन्डकी लिबेरो एवम् राष्ट्रिय टोलीकी सदस्य सलिना श्रेष्ठलाई छैटौं संस्करणको उद्घाटनका अवसरमा शेरबहादुर खड्का प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत राष्ट्रको पहिचान उच्च बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सलिनालाई नगद ५० हजार रूपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिएको हो। राखेप सदस्य सचिव घिसिङ, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, भलिबल संघका अध्यक्ष चन्द लगायतले सलिनालाई सम्मान गरेका थिए।

विगत १३ वर्षदेखि न्यु डायमन्डबाट भलिबल खेलिरहेकी सलिनाले प्राप्त अवार्डबाट भलिबल खेल्नका लागि अझै हौसला मिलेको बताइन्। सलिनाले न्यु डायमन्डबाट थुप्रै राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छिन्। ६ कक्षा पढ्दै गर्दा भलिबलसँग जोडिएकी सलिना सन् २०१९ मा बंगलादेशमा सम्पन्न सेन्ट्रल जोनमार्फत पहिलोपटक राष्ट्रिय टोलीमा परेकी थिइन्।

सोही प्रतियोगितामा उनले डेब्युसमेत गरेकी थिइन्। त्यसपछि उनले २०२१ को सेन्ट्रल जोन र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट खेलेकी थिइन्।

प्रकाशित: २२ माघ २०७९ ००:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App