२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

कर्णालीमा ५ किलोमिटर र १० किलोमिटर दौड

नेपाली सेनाको उत्तर पश्चिम पृतनाद्धारा आयोजित एकताका लागि दौड प्रतियोगितामा विजेताहरु। तस्बिरः गोविन्द केसी÷नागरिक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।

 ५ किलोमिटर दौडतर्फ महिलामा बिमला काकी प्रथम, समिता बुढा द्वितीय र अन्तिम बुढा तृतीय भएका छन्। त्यस्तै ५ किलोमिटर दौडको पुरुषमा अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र प्रकाश बुढा तृतीय भए। उनीहरुले जनही १० हजार, ५ हजार र ३ हजार रुपैँया नगद र प्रमाणपत्र पाए। 

    १० किलोमिटर दौडको महिलातर्फ मन्जु रावत प्रथम, राज्यलक्ष्मी रावल द्वितीय र दीपा परियार तृतीय भए। १० किलोमिटर दौडको पुरुषतर्फ दलबहादुर कुँवर प्रथम, भुवन राना द्वितीय र शेरबहादुर अधिकारी तृतीय भए। उनीहरुले जनही २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाए। बिजेताहरुलाई नगदसहित मेडल र प्रमाणपत्र कर्णाली प्रदेश प्रमुख तिलक परियार, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी हिरालाल जोशी, कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाललगायतको सहभागितामा वितरण गरिएको थियो। 

नेपाली सेनाको उत्तर पश्चिम पृतनालगायतका गणहरुले शनिवार सुर्खेतमा विभिन्न हातहतियार प्रदर्शनी कार्यक्रम गरिएको थियो। सेनाले प्रयोग गर्ने हातहतियार, विपद्को बेला उद्धारमा प्रयोग हुने सामग्रीहरू, वन्यजन्तु संरक्षणमा प्रयोग हुनेलगायतका सामग्रीहरू सर्वसाधारणलाई जानकारी गराउनका लागि प्रदर्शनीमा राखेको उत्तर पश्चिम पृतनाका प्रवक्ता मेजर रेनु शाहले बताइन्। 

प्रकाशित: २१ माघ २०७९ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App