१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

क्यान बोर्ड बैठक : लिखित रुपमै अध्यक्ष चन्दको राजीनामा माग

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा क्यान अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागे गरेका छन्।  

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन्।

अध्यक्ष चन्दको राजिनामा माग्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन्।  ७ केन्द्रीय सदस्यले अध्यक्षसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका छन्।  

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए। राजीनामा मागको पत्र बुझाएपछि ७ केन्द्रिय सदस्यले बैठक समेत बहिस्कार गरेका छन् । पोखरामा बसिरहेको क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ।

प्रकाशित: १७ माघ २०७९ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App