एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।
‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ।
सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।