४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सुष्मालाई शिरीष फाउन्डेसनको सम्मान

नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल युवा बक्सर सुष्मा तामाङलाई शिरीष फाउन्डेसनले नगदसहित सम्मान गरेको छ।

थाइल्यान्डको बैंककमा सम्पन्न एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मालाई फाउन्डेसनले आइतबार सम्मान गरेको हो।पौडीका ओलम्पियन शिरीषको नाममा सञ्चालित फाउन्डेसनले युवा बक्सरलाई २५ हजार रूपैयाँसहित सम्मान गर्‍ यो।त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा आयोजित सम्मान कार्यक्रममा फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई २५ हजार रूपैयाँबराबरको चेक हस्तान्तरण गरेकी थिइन्।फाउन्डेसनले सुष्मालाई नगदसहित प्रशिक्षणसामग्री, खेल पोसाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो।

फाउन्डेसनले यसअघि १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरेको थियो।फाउन्डेसनले सो सहयोग युवा बक्सर सुष्मालाई पनि प्रदान गरेको हो।सुष्माले थाइल्यान्डमा महिला ४८ केजी तौलसमूहमा रजत पदक जितेकी हुन्।गत बुधबार सम्पन्न फाइनलमा उज्बेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा ५–० ले स्तब्ध भएपछि उनको स्वर्ण जित्ने लक्ष्य पूरा हुन भने सकेन।यद्यपि, उनले दिलाएको रजत पदक नै नेपालको बक्सिङ इतिहासमा सबैभन्दा ठूलो सफलता रह्यो।त्यसअघि नेपालका बक्सरले एसियन च्याम्पियनसिप र एसियाडमा कांस्य पदक मात्र जितेका थिए।

नेपाललाई पदक दिलाउन सफल बक्सर सुष्माले राम्रो अभ्यास र अनुभवले पदक जित्न सफल भएको र प्राप्त पदकले आगामी दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताइन्।सुष्माले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार नेपाल सरकारबाट ६ लाख रूपैयाँ नगद पुरस्कार पनि पाउनेछिन्।उक्त च्याम्पियनसिपमा नेपालले एक रजतसहित तीन कांस्य पदक जितेको थियो।कांस्य पदक विजेताले भने जनही तीन लाख पुरस्कार पाउनेछन्।उक्त नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले एक लाख ८० हजार, अर्का प्रशिक्षक सन्दीप श्रेष्ठले ६० हजार र संघले एक लाख ८० हजार रूपैयाँ पाउनेछन्।

प्रतियोगितामा नेपालबाट समान तीन महिला तथा पुरुष खेलाडीको सहभागिता थियो।महिलातर्फ नै ५७ केजी तौलसमूहमा हेमा राई र ७५ केजी तौलसमूहमा त्रिशा जबेगु काजखस्तानकी एरजन गुल्सायसँग सेमिफाइनलमा स्तब्ध हुँदा कांस्य पदकमा नै सीमित भएका थिए।पुरुषतर्पm ८६ केजी तौलसमूहमा विजय बाटा पनि सेमिफाइनलमा पराजित हुँदा कांस्य पदकमा खुम्चिएका थिए।

प्रकाशित: १६ माघ २०७९ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App