२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

म्याग्दीमा माविस्तरीय भलिबल प्रतियोगिता हुने

म्याग्दी जिल्लामा पहिलो पटक माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ।

भलिबल संघ म्याग्दी र गौमती विकास अक्षय कोषको मुख्य प्रायोजनमा प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले १० वर्षे सम्झौता गरिएको हो।

आइतबार भलिबल संघको कार्यालयमा कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सोही अवसरमा भलिबल संघका अध्यक्ष बानियाँले विद्यालयस्तरमा रहेका भलिबलका प्रतिभाको पहिचानसँगै नियमित प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने गरी कोषले वार्षिक २ लाख नगद उपलब्ध गराउने बताए। ‘खेलकुद क्षेत्रमा गरिएको सानो लगानीले ठूलो सफलता हात पार्छ, भलिबलमा गरिएको लगानी हामीले डुब्न दिन्नौ’ अध्यक्ष बानियाँले भने। उनले आगामी वर्ष पुष ५ गते जिल्लास्तरीय प्रतियोगिता हुने बताए।

प्रतियोगितामा सहभागी हुने विद्यालयको छनौट सहित प्रतियोगितामा सहभागी हुनेलाई नियमित प्रशिक्षण सहितको योजना रहेको बताए। हरेक विद्यालयबाट खेलाडीको छनौट गरी प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए।

सोही अवसरमा आर्थिक सहयोगदाता कोषका संस्थापक अध्यक्ष एवम् पूर्व भलिबल खेलाडी केसीले विद्यार्थीलाई हौसला र उत्प्रेरणा दिन सहयोग गरेको बताए । ‘प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न चाहान्छौ,‘आवश्यकता अनुसार थप सहयोग गर्नेछौ’ उनले भने।

खेल क्षेत्रमा गरिएको यो लगानीले म्याग्दीको भलिबल क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने बताए। म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादन हुने बताए। जिल्लामा म्याग्दी जेसीजले अन्तरमाविस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने गरेकोमा अब भलिबल संघले समेत माविस्तरीय प्रतियोगिता सुरु गरेपछि फुटबलजस्तै भलिबलमा समेत प्रतिभाको पहिचानमा सहज हुने खेलकुदका जानकारहरु बताउँछन्। कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री लगायतको उपस्थिती रहेको थियो।  

प्रकाशित: १५ माघ २०७९ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App